प्रधान न्यायाधीश सिफारिस डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ हुँदै

nepaltext

काठमाडौँ - प्रधान न्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ ।

संसदीय सुनुवाइका लागि शुक्रबार अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने तयारी गरिएको छ ।

बैठकमा सिफारिस भएका शर्मासम्बन्धी सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाउने कार्यसूची राखिएको छ । संवैधानिक परिषद्को बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिस सूचीमा रहेका छ जनामध्ये चौथो स्थानमा रहेका शर्मालाई गरिएको सिफारिसप्रति विभिन्न पक्षबाट प्रश्न र आलोचना समेत उठिरहेको बताइएको छ ।

image-93-1778234843.png


प्रतिक्रिया