पूर्वाधार मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन

nepaltext

काठमाडौं -पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिए । साथै, निर्माणलाई तिव्रता दिन पनि उनले निर्देशन दिएका छन् ।

निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन उनको आग्रह छ ।

 

मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनको लागी पुगेका हुन् ।

सिद्धार्थ राजमार्ग निर्माणाधीण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरी सुरुङमार्गको काम गरिरहेको छ ।

प्रतिक्रिया