भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ६९१ बसमार्फत ८० हजार यात्रु काठमाडौंबाट बाहिरिए

nepaltext.com

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्ला फर्किने मतदाताहरूको लर्को लागेको छ। निर्वाचन नजिकिँदै जाँदा काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्दै आएका सर्वसाधारणहरू मतदानका लागि धमाधम गाउँ फर्किन थालेका हुन्।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार र शनिबार गरी दुई दिनमा मात्रै करिब ८० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। उनले दिएको जानकारी अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसहरू यात्रु बोकेर काठमाडौंबाट निस्किएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि पछिल्लो दुई दिनमा ८० हजार यात्रु बाहिरिएको पुष्टि गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले निर्वाचनका लागि घर फर्किने यात्रुको चाप बढेको र दुई दिनमा ८० हजार मानिसले उपत्यका छाडेको जानकारी दिए।

प्रतिक्रिया