नेपाली कांग्रेस विशेष महाधिवेशन: ४९% प्रतिनिधिले दर्ता गराए

nepaltext.com

काठमाडौंमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन्। महाधिवेशनस्थलमा अहिले पनि प्रतिनिधिहरू नाम दर्ता गरिरहेका छन्। कुल ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिसकेका थिए। अहिले विशेष महाधिवेशन चलिरहेको छ र काठमाडौंमा विशेष महाधिवेशनको पक्षमा आउने सहभागीको संख्या बहुमतसम्म पुगेको छ। सहभागीहरूले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि उपस्थित हुने दाबी गरेका छन्।

प्रतिक्रिया