कोशीमा विपक्षी सांसदबाट रोस्ट्रमको माइक फाल्ने प्रयास, बैठक आधा घण्टा स्थगित

nepaltext

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।

माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए ।

प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारेका थिए ।

सभामुखले सांसदलाई मर्यादामा बस्न आग्रह गरे ।

प्रतिक्रिया