१६६८ मतसहित सुनिता डंगोलको केन्द्रीय सदस्यमा शानदार जित

nepaltext.com

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन्। हालै सम्पन्न पार्टी महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रिँदै उनी विजयी भएकी हुन्। सुनिताले राजधानी विशेषतर्फ ४० वर्षमुनिको कोटाबाट उम्मेदवारी दिएकी थिइन्, जहाँ एक जना केन्द्रीय सदस्यका लागि आरक्षण गरिएको थियो। सो कोटामा रहेका दुई प्रतिस्पर्धीलाई अत्यधिक मतान्तरले पछि पार्दै उनले १६६८ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी इञ्जिनियर राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत मात्र ल्याउन सके।

सुनिताले यसअघि स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेकी थिइन्। पछि नेकपा एमालेले उनलाई उपमेयरको टिकट दिएपछि उनी पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएकी हुन्। उपमेयर पदमा उनले अत्यधिक मतसहित विजय हासिल गरेपछि पार्टी राजनीतिमा अझ सक्रिय हुँदै आएकी छन्। केन्द्रीय सदस्यमा उनको विजयलाई एमालेभित्र उदाउँदै गरेको नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

प्रतिक्रिया