क्रिकेटर अभिषेक बलात्कार आरोपमा पक्राउ

nepaltext

काठमाडौं । भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने २३ वर्षीय क्रिकेटर अभिषेक मंगलबार कोलकातामा पक्राउ परेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत जुनमा एक मेडिकल छात्राले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । बलात्कार, आपराधिक धम्कीसहित दिएको उजुरीका आधारमा उच्च अदालतले गत जुलाई २० मा अभिषेकलाई पक्राउ गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई पक्राउ गरिएको हो ।

यता क्रिकेटर अभिषेकले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै खण्डन गरेका छन् ।

प्रतिक्रिया