काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ।
बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक गत २४ साउनदेखि निरन्तर जारी छ।
३२ साउन २०८३, सोमबार १०:०५ मा प्रकाशित