काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै

nepaltext

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

२३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बोलाउने निर्णय गरेको थियो ।

भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ । यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।

प्रतिक्रिया