काठमाडौँ - नेपाली सेनाका विभिन्न अधिकृतलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। त्यसैगरी मानार्थ उपरथी दर्जा प्राप्त सहायक रथी रोशन शम्सेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
उक्त पदोन्नति नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ जेठ २९ गतेको निर्णयअनुसार भएको हो।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका वरिष्ठ अधिकृत, रथीवृन्द तथा पदोन्नति प्राप्त अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



३ असार २०८३, बुधबार ०१:५४ मा प्रकाशित