राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशमा १७ पदका लागि मतदान सुरु

nepaltext.com

फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने पदहरूको पूर्तिका लागि आज बिहान ९ बजेदेखि देशभर एकैसाथ मतदान सुरु भएको छ । कोशी प्रदेशमा खस आर्य समूहको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि सातै प्रदेशमा निर्वाचन प्रक्रिया अघि बढाइएको हो । कोशी प्रदेशको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेश प्रदेशको जनकपुरधाम–४ मा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशको हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशको दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशको धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान जारी छ । यस निर्वाचनमा प्रदेश सभा सदस्यहरूका साथै स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता रहेका छन्, जसले राष्ट्रियसभाको नयाँ संरचना तय गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

प्रतिक्रिया