नामिबियाले नेपाललाई २१२ रनको लक्ष्य, करणले लिए ५ विकेट
nepaltext
११ साउन २०८३, सोमबार
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा जारी खेलमा नामिबियाले नेपाललाई २१२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनायो।
नामिबियाका लागि जान निकोलास फ्रायलिन्कले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले १४९ बलमा तीन चौकाको मद्दतले १०० रन बनाएर रनआउट भए। त्यस्तै, लौरेन स्टिनक्याम्पले ५९ र मलान क्रुगरले १५ रनको योगदान दिए।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। सोमपाल कामीले एक विकेट हात पारे।