पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख भेटी संकलन

nepaltext

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार संकलन भएको थियो ।

प्रतिक्रिया