काठमाडौँ । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभामा पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
१८ साउन २०८३, सोमबार ०७:५१ मा प्रकाशित