बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै

nepaltext

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

उनले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२:०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो

प्रतिक्रिया