काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ‘अस्पताल भर्ना भएका छन्। आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए।
उनले भने, ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो। आज थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि आज भर्ना गरिएको हो।’
निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए। उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
१६ जेठ २०८३, शनिवार १२:४१ मा प्रकाशित