चरिकोट । दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापा बिजयी भएका छन् ।
शुक्रबार विहान सम्पन्न मतगणना अनुसार थापा आफ्नो प्यानल सहित बिजयी भएका हुन् । थापाले अध्यक्ष पदका अर्का प्रत्यासी दिनेश पाठकलाई १०३ को मत अन्तरले पराजित गरेका हुन् । थापाले ४६२ मत प्राप्त गर्दा पाठकको ३५९ मात्रै आएको छ । दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बिहिबार भएको मतदानमा ८३८ मत खसेको थियो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा थाप प्यानलकै प्रविन श्रेष्ठ बिजयी भएका छन् । कुल ४४९ मत पाएका उनले पाठक प्यानलका विमल श्रेष्ठलाई ९१ मत अन्तरले हराएका हुन् । संघको अर्का उपाध्यक्षमा विवेक कुमार खत्री र महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ बिजयी भएका छन् । खत्रीले कुल ४४२ मत पाउँदा उनका प्रतिद्वन्द्वी बलराम थापाले ३५८ मत पाए भने श्रेष्ठको ५०० मत आउँदा उनका प्रतिद्वन्द्वी कल्याणी श्रेष्ठले २८९ मत मात्र पाइन् ।
त्यसैगरी संघको महासचिवमा सुरेश उप्रेती दोहोरिएका छन् । उनले सो पदका अर्का प्रत्यासी राजन थापालाई १९० मतको अन्तरले पराजित गरे । उप्रेतीलाई कुल ४९७ मत प्राप्त भएको छ भने थापालाई ३०७ मात्रै प्राप्त भयो । यस्तै सचिवमा पाठक प्यानलका हिमाल प्रसाद न्यौपानेलाई ४४५-३४९ ले हराउँदै अनिल रिजाल र कोषाध्यक्षमा चन्द्र बहादुर तामाङलाई ५२६-२६९ ले हराउँदै रामशरण बस्नेत बिजयी भए ।
दलित र महिला सदस्यमा प्रकाश नेपाली ४९२ र पार्वती भण्डारी शर्मा ४४६ मत सहित बिजयी भए । शाखा सदस्यमा मागादेउरालीबाट झम्क बहादुर श्रेष्ठलाई पराजित गर्दै च्छो नाम्गेल तामाङ र सिङ्गटीबाट हिरो भित्रीकोटीलाई हराउँदै रिम बहादुर ओली (विमल) बिजयी भएका छन् । तामाङले ४५७ मत प्राप्त गर्दा श्रेष्ठले ३२५ मत पाए भने ओलीले ५१४ मत प्राप्त गर्दा भित्रीकोटीले २५८ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा कुमार श्रेष्ठ ४४४ र राजेश उप्रेती ४३५ मतका साथ बिजयी भए ।